Section 27
विदेशी श्रमिकको पारिश्रमिक, सेवाका शर्त र सुविधा तथा अन्य व्यवस्था
(१) विदेशी श्रमिकले काम गरे बापत पाउने पारिश्रमिक, सेवाका शर्त र सुविधा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमले निर्धारण गरेको मापदण्डभन्दा घटी नहुने गरी रोजगारदाता र श्रमिकबीच भएको समयगत वा कार्यगत रोजगार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
(२) रोजगार सम्झौतामा समयावधि उल्लेख भएकोमा सोही बमोजिम र नभएमा त्यस्तो रोजगार सम्झौता तीन वर्षसम्म कायम रहनेछ ।
(३) विदेशी श्रमिक सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।